काठमाडौं ।
नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले एमालेले दुई तिहाई मत नल्याए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने उनको दावी छ । अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका हुन्
बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उनले भने,‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’














