३२ सिट दाबी गर्दै नेकपा एस

केन्द्रभाग मिडिया

काठमाडौं ।

गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको आजको बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ ।

यो आधारमा उसले १६५ सिटमा २० प्रतिशतको हिसाव निकाल्दा हुँदा ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशत हुँदा ४२ सिटमा दाबी पेश गर्ने भएको छ । सोही अनुसार उसले प्रदेशतर्फ पनि सिटको दावी गर्ने तयारी गरेको नेताहरुको भनाइ छ ।

  • २६ श्रावण २०७९, बिहीबार १३:५५ प्रकाशित