महराको कार्यकर्तालाई निर्देशन : ‘जनमत सुधार्न जनतामाँझ जानुस’

केन्द्रभाग मिडिया

लमही ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पार्टी सुर्धान जनतामाँझ जान कार्यकर्तालाई निर्देशन दिएका छन् ।

समाजवादी केन्द्रको नेतृत्व र विचार माओवादी नै भएकाले आगामी चुनावमा जनमत सुधारका लागि लाग्न महाराले निर्देशन दिएका हुन्।

लुम्बिनी प्रदेश कमिटीको बैठकमा अगुवा कार्यकर्तालाई निर्देशन दिँदै महराले भने, ‘यदि हामी पार्टी बनाउन चाहन्छौं भने जनतामाझ जाऔँ, जनतालाई सधैँ प्राथमिकता दिएर अगाडि बढौँ, जनताको बीचमा गएर पार्टीलाई सुधार गरौँ ।’

जनतलाई सरकार कसको भन्ने विषय नभई कुन पार्टीले के कार्यक्रम ल्यायो भन्ने अर्थ महत्वपूर्ण हुने बताए ।

  • २५ श्रावण २०७९, बुधबार १५:२० प्रकाशित