ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

केन्द्रभाग मिडिया

बारा।

एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।

वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको जनाइएको छ। हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार थिए ।

  • २३ श्रावण २०७९, सोमबार १७:०१ प्रकाशित