जुम्लाबाट चुनाव लड्दै ज्ञानेन्द्र शाही

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र शाही०ले जुम्लाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।शाहीले चुनाव लड्ने घोषणाबारे औपचारिक जानकारी दिन आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउने तयारी रहेको शाहीले बताएका छन् । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ।

  • २३ श्रावण २०७९, सोमबार ०९:५६ प्रकाशित