एमाले सचिव अर्यालको आरोप : एमालेलाई हराउन नसक्ने देखेर सरकार मतपत्र लुट्ने योजनामा लाग्यो

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका सचिव पद्या अर्यालले गठबन्धन सरकार निर्वाचनमा मतपत्र डकैती गर्ने तर्फ लागेको आरोप लगाएकी छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलना बोल्दै अर्यालले सरकार मतपत्र लुट्ने गरि योजना बनाएको बताईन् ।

आवधिक निर्वाचनको पक्षमा हामी छौँ , हामी डटेर भाग लिन्छौँ कुनै दायाँ बायाँ कुरा छैन । तर एउटा कुरा के छ भने, विगतका निर्वाचनमा सहज भएका बुथहरु जहाँ अहिले गठबन्धनका निम्ति प्रतिकुल हुन्छ भन्नेहरु अहिले एकलौटी ढंगले लुट्टन सजिलो हुने ठाउँम मतदात केन्दैहरु सारीदै छन्, परिवर्तन गरिदैँ छ देशभरी, उनले भनीन् ।

कहाँ लादा भोट लुट्न सकिन्छ, भोट लुट्ने ठाउहरुमा मतदान केन्दहरु सारेर फेरी आउने चुनाव पनि लुट्ने खालको हिसाले यो गठबन्धन गइरहेको अर्यालले बताइन् ।

निर्वाचनमा डकैती गर्नु भनेको लोकतन्त्रको चिरहरण हो । लोकतन्त्रको चिरहरण गर्ने काममा यो सरकार लालाहित भएर आउने चुनावको लागि त्यही योजना बनाएको छ । जसरी स्थानीय चुनाव गर्यो त्यो भन्दा आज  भयंकर ज्यादतनीपूर्ण तरीकाले चुनाव गराउने तरिकाले सरकार लागि रहेको अर्यालले बताइन् ।

सिडियो खटनपटन गर्दा कांग्रेसका जिल्ला सभापतिले सिफारीस, गृहमन्त्रीको अगाडी उभ्याएर  सिडियो खटाउने तयारी गरिएको छ । यस्तो हिसावले चुनाव गराइदैँछ । चुनाव कस्तो होला हामी अनुमान गरेकै छौँ, तर जस्तो भए पनी लोकन्त्रमा निर्वाचन सामना गर्न एमाले तयार रहेको छ, अर्यालले भनिन् ।

आज गठबन्धन भर्सेष एमाले । मुलुकका सबै शक्ती एकातिर नेकाप एमाले एकातिर हुदाँ पनी हामी दृढताका साथ चुनावको सामाना गछौँ । नेकापा एमाले शक्तीसाली छ, गठबन्धन जसरी तर्सीएका छन्, जसरी डराइरहेका छन् नेकपा एमालेबाट त्यसबाट पनि पुष्टि हुन्छ । यदी नेकपा एमाले कमजोर हुन्थ्यो भने एमालेकाविरुद्ध यत्रो गठबन्धन आवश्यकै थिएन ।

गठबन्धन मात्र हैन पाचँ दलबाहीरका अरु शक्ती मिलाएर महागठबन्धन समेत एमालेका विपक्षमा हिजोका दिनमा भयो, फेरी पनि हुने छन् । यसको अर्थ के हो भने एमालेकाविरुद्ध एक्लै लड्ने सामार्थ यो मुलुकमा कुनै शक्तीले राख्दैन । महागठबन्धन हुदाँ पनि यीनका मुटु कामी रहेको अर्याललले बताइन् ।

 

  • २२ श्रावण २०७९, आईतवार १३:०७ प्रकाशित