मंसिरमा हुने निर्वाचनले नेकपा(एस)लाई स्थापित गराउँछ : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ४ मंसिरमा हुने निर्वाचनबाट आफ्नो शक्ति बढाउने बताएका छन् । शनिबार मुस्लिम इत्तेहाद संगठनको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका लागि जनतामा जान र जनताको दुखशुखमा साथ दिने काम गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । देशभर पार्टीमा आकर्षण बढेको चर्चा गर्दै उनले ४ मंसिरमा हुने निर्वाचनमा आफ्नो पार्टी शक्तिको स्थापीत हुने बताए ।

नेकपा एकीकृत समाजवादी स्थापना भएदेखि नै महत्वपूर्ण जिम्मेवारी पुरा गरिरहेको उनको भनाई छ । संविधान बचाउन, लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएको भन्दै उनले पार्टीमा उत्साह बढेको बताए  ।

पार्टी स्थापनको एक वर्षमा नै सबै जिल्ला र स्थानीय तहमा पुग्न सफल भएको र अधिकांस भातृसंस्थाहरु स्थापना गरेर अगाडि बढेको उनले बताए ले सबैका चाहना अनुरुप काम गर्ने उनले बताए । उनले स्थानीय तहको निर्वाचनमा अपेक्षीत सफलता प्राप्त गर्न नसकेपनि पोखरा महानगरपालिका र हेटौंडा नगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको बताए । उनले अन्य स्थानमा पार्टीको चुनाव चिन्ह चिनाउन नसकेको र धेरै म तबदर भएको उनको भनाई थियो ।

उनले देशको आशा र भरोसाको केन्द्र नेकपा एकीकृत समाजावादी रहेको धारणा राखे । आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले जनताको भावना अनुरुप काम गर्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले नेपालमा मुस्लिम समुदायमा रहेको गरिविलाई अन्त्य गर्न अवसरको खाँचो रहेको बताए । उनले राज्यको तर्फबाट पिछडिएको बर्गका लागि विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा रामजी शर्मा, पोखरा महानगरका मेयर धनराज आचार्य, मुस्लिम इत्तेहादका अध्यक्ष ताज महमद मियाँ, सांसद कलिला खातुन लगायतले उक्त अवसरमा सम्बोधन गरेका थिए । मुस्लिम इत्तेहाद संगठनको गण्डकी प्रदेश स्तरीय भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

  • २१ श्रावण २०७९, शनिबार १५:५५ प्रकाशित