कमल थापा लेख्छन्,‘जनता पार्टीको सेवक होइन देशको मालिक बन्नुपर्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै अध्यक्ष थापाले फेसबुक स्टाटसमा यस्तो लेखेका हुन् । उनले लेखेका छन्,‘ जनता पार्टीको सेवक होइन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ,’ ।

स्टाटस लेख्दै थापाले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । यो सबैको अन्त्यको लागि जनता सेवक नभई मालिक बन्नुपर्ने धारणा स्टाटसमार्फत लेखेका हुन् ।

उनले ४ मंसिरमा हुने निर्वाचनले सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको समेतको अन्त्य गर्नु पर्ने बताएका छन् ।

  • २० श्रावण २०७९, शुक्रबार १५:५२ प्रकाशित