काठमाडौं ।
संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरूले चुनाव बहिस्कार गर्ने भएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावलाई संसद बाहिरका पार्टीहरुसंगठित भई बहिस्कार गर्ने तयारी गरेका हुन् ।हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको गठबन्धनले बहिस्कार गर्न लागेका हुन् ।
संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले चुनाव जित्न नसक्ने भएपछि बहिस्कार गरेर आफ्नो उपस्थित देखाउने रणनीति अख्तियार गर्ने तयारी गरेको जनाइएको छ। विप्लव नेतृत्वको नेकपा,मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी रअरू स–साना कम्युनिस्ट पार्टीले पनि चुनाव बहिस्कार गर्ने भएका हुन् ।
आधिकारिक निर्णय नगरे पनि आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गरिने विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चिरण पुनले बताएका छन् ।
यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने बताएका छन् ।
अरू स–साना कम्युनिस्ट घटकहरूले पनि स्थानीय चुनाव समेत बहिस्कार गरेकाले प्रदेश र प्रतिनिधि सभा चुनावमा जाने सम्भावना कम देखिएको छ ।














