जनकपुरधाम ।
जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले प्रतिनिधिसभा चुनावमा जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी भएका थिए । सोही क्षेत्रबाट जनमतका अध्यक्ष डा। राउतले चुनाव लड्ने घोषणा गरेका हुन् ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा गर्ने निर्णय गरिसकेको छ । चुनाव घोषणालगत्तै जनमत पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो ।














