भोलिदेखि मतदाता नामावली संकलन स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अनुसार भोलि शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुनेछ ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

  • १९ श्रावण २०७९, बिहीबार १५:४३ प्रकाशित