काठमाडौं ।
मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने तयारी भएको छ। यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरे निकै चापमा काम गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका लागि चुनावको तयारी गर्न सामान्यतया १ सय २० दिनको समय लाग्ने बताउँदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मङ्सिर ४ गतेका लागि चुनावको मिति तोकिए निकै चापमा काम गर्नुपर्ने बताएका छन् ।
मङ्सिरको पहिलो सातापछि चुनावको मिति घोषणा भए हिमाली क्षेत्रमा हिउँ पर्ने सिजन सुरु हुने भएकोले चुनाव गराउन कठिन हुने उनले बताए । मङ्सिर ४ गते समय तोकिए छोटो समयमा विभिन्न प्रक्रिया छोट्याएर काम गरेर चुनाव गर्न सकिने उनले बताए । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा हुने सम्भावना रहेको छ ।














