काठमाडौं ।
सरकारले आगामी मंसिर ४ गते एकैचरणमा देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको छ ।
निर्वाचनको मिति तोक्नेबारे छलफल गर्न आज बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ ।
यसअघि निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्नका लागि सरकारलाई सुझाव दिएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेका थिए ।
आज गठबन्धनका शीर्ष नेताहरु सोही समयमा नै निर्वाचन गर्न सुझाव दिएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसलाई आधिकारिकता दिनेछ ।