देउवाको निर्देशन : ‘टेबल टेबलको शासन आजै अन्य गरेर जनतालाई चुस्त सेवा दिनुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई टेबल टेबलको शासन आजै अन्त्य गर्न निर्देशन दिएका छन् । देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल-टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका हुन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘तपाईँहरूले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।’

  • १८ श्रावण २०७९, बुधबार १४:५६ प्रकाशित