काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको उक्त विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधेयक प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण पछि उक्त विधेयक अब ऐनको रुपमा कार्यान्वयनमा जानेछ।















