काठमाडौं ।
सरकारले विप्लव समूहलाई प्रकाउ पुर्जी जारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा विप्लव सहितका नेतालाई कारबाही गर्ने पत्र काटेको भन्दै एमालेले विरोध गरेको हो । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले काटेको पत्र फिर्ता लिन आग्रह गरेका छन् ।
उनले एमाले सरकारले विप्लव समूह र सिके राउतलाई शान्ति प्रक्रियामा ल्याइसकेको अवस्थामा विभिन्न बाहानामा सरकारले विप्लव समूहलाई पत्र काट्ने र उनीहरूलाई फेरी त्यही बाटो रोज्न विवश बनाउन सरकार उद्धत भएको बताए ।
उनले हालै सकारले विप्लव समूह भनेर चिनिने नेकपा समूहलाई फेरी थप कारबाहीका लागि पत्र पठाएको सुनेको बताउँदै कुनै बेला हिंसाको बाटो रोजेको र हतियार बोकेर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारले ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण बाटोमा ल्याएको स्मरण गराए ।














