काठमाडौं।
गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए ।
भेटमा मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढिकरण र क्रियाशील बानाउनेबारे कुराकानी भएको खाणले बताएका छन् ।
कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।














