पोखरा ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आगामी चुनावमा गाउँपालिका प्रमुखमा उठ्ने इच्छा प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्यास लेख्दै पुनले सो चाहना व्यक्त गरेका हुन् ।उनले लेखेका छन् ,‘आगामी गा।पा चुनावमा अन्नपुर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा उठ्नुपर्ला जस्तो देखिँदैछ र केही सिप नलागे उठिन्छ पनि ।’
पुनको उक्त पोष्टमा सकरात्मक कमेन्ट्हरु आइरहेका छन् । अधिकांशले उनी उठे निर्विरोध हुने भन्दै प्रतिक्रिया दिइरहेका छन् ।
पुनले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’, गण्डकी रत्न लगायतबाट सम्मान पाएका थिए ।















