डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन गर्नाले पार्टीलाई घाटा लागेको टिप्पणी गरेका छन् ।
आफ्नै बलमा स्थानीय तहको चुनावमा लडेको धेरै ठाउँ जित्न सक्ने बताउँदै गठबन्धन गर्दा पार्टीलाई घाटा लागेको बताएका हुन । नेपालले आफ्नै बलमा लडेको १०० बढी ठाउँमा चुनाव जित निकाल्न सक्ने भनाई राखेका छन् ।
‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’
उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।उनले अब सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएका छन् ।
एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’
अबको संघरप्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ ।














