आगामी निर्वाचनमा माओवादी दोस्रो नभए सहकार्य सहज नहुने प्रचण्डको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।
आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादी केन्द्र कांग्रेसपछिको ठूलो पार्टी बन्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।

पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कांग्रेसका नेताहरुसँग आफ्नो कुराकानी भइसकेकाले कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी पनि दिएका छन् ।

‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन,’प्रचण्डले भने ।

  • १४ श्रावण २०७९, शनिबार १५:५१ प्रकाशित