परराष्ट्र सम्बन्धमा गल्ती दोहोर्याउँन मिल्दैन : महामन्त्री शर्मा

केन्द्रभाग मिडिया

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट गम्भिर बन्नुपर्ने बताएका छन् ।

सरकारले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिने भन्दै अमेरिकालाई पत्र पठाएको विषय सार्वजनिक भएपछि महामन्त्री शर्माले भविस्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।

‘ञएसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछी यो च्याप्टर क्लोज त भयो, तर भविस्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं उनले सामाजिक सञ्जालमा भनेका छन् ।

त्यसअघि उनले पहिला गल्ती गर्ने, पछि आत्मालोचना गर्ने र फेरि गल्ती दोहोर्याउने परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य भएको बताएका छन् । ‘हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भु–राजनैतिक संवेदनशीलता दृस्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ उनले लेखेका छन् ।

  • १४ श्रावण २०७९, शनिबार १४:४२ प्रकाशित