रवीन्द्र मिश्रको हृदयेन्द्र शाहलाई भावी गद्दीआसनको शुभकामना

केन्द्रभाग मिडिया

काठमाडौं ।

विवेकशी साझा पार्टीका नेता रवीन्द्र मिश्रले पूर्व युवराज पारश शाहका छोरा हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिएका छन् । सो क्रममा उनले सुस्वास्थ्य, दीर्घायु, देशभक्ती र असल चरित्रको सावै भावी गद्दी आसनको लागि शुभकामना दिएका छन् । उनले हृदयेन्द्रलाई आफूले देशको राजाको रुपमा देख्न चाहेको पनि उल्लेख गरेका छन् ।

मिश्रले फेशबुकमा यस्तो लेखेका छन् ।

२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र र, भावी गद्दी(आसनको हार्दिक मंगलमय शुभकामना१ २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतस् आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ(फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।

म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना संसदले बाँधेको भनेको कस्तोरु एउटा सानो उदाहरणस् सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।

  • १४ श्रावण २०७९, शनिबार १४:२९ प्रकाशित