वर्षमान भन्छन्, ‘अर्थमन्त्रालय फर्किने नफर्किने जनार्दनजी मै भर पर्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज मात्रै पूर्वअर्थमन्त्री जर्नादन शर्मा प्रकरणमा छानबिन गर्न बनेको समितिले प्रतिवेदन पेश गरेको छ । छानबिन समितिले शर्माले करको दायरा हेरफेर गर्दा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको निष्कर्ष निकालेको छ ।

समितिको निष्कर्ष सँगै अब फेरि शर्मा अर्थ मन्त्रालय फर्केलान कि नफर्केलान भन्ने आम चासोको विषय भनेको छ । यसैबीच नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने नबन्नेबारे उनकै रुचिमा भर पर्ने बताएका छन् ।

संसदीय छानबिन विशेष समितिले बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको प्रभाव नदेखिएको निष्कर्ष निकालेपछि अनलाइनखबरसँग कुराकानी गर्दै नेता पुनले शर्माको रुचिले नै उनी मन्त्रालय फर्किने नफर्किने टुंगो लाग्ने बताएका हुन् ।

उनले यसबारे पार्टीमा भोलि नै छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

  • १३ श्रावण २०७९, शुक्रबार १६:३८ प्रकाशित