काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कांग्रेससँगै सहकार्य गर्ने स्पष्ट पारेका छन् । नेकपा एमालेसँग तालमेल वा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेसको विकल्प नखोजिने प्रचण्डले प्रष्ट पारेका हुन्।
बिहीबार आयोजित स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगै चुनावी सहकार्य हुने र त्यसबाट दायाँ बायाँ सोच्न आवश्यक नरहेको बताएका हुन् ।














