चन्दा सङ्कलन गरि यूकेमा ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको सालिक अनावरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

भिक्टोरिया क्रस विजेता ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको पूर्ण कदको सालिक यूकेमा अनावरण गरिएको छ ।

यूकेको ह्याम्पशरको एल्डरशटस्थित प्रिन्सेस गार्डन्समा थापाको सालिक अनावरण गरिएको हो । चन्दा सङ्कलन गरि थापाको सालिक बनाइएको हो।

ढलौटको सालिकमा थापालाई प्रथम विश्वयुद्धको बेला रणभूमिमा घाइते भएका एक सैनिकलाई बोकिरहेको अवस्थामा चित्रण गरिएको छ।गोर्खा सैनिकको सेवा र बलिदानप्रति सम्मान प्रकट गर्दै शनिवार सालिकको फेदमा पुष्पगुच्छा चढाइएको थियो।

नेपाल र यूकेबीच दुई शताब्दीभन्दा पुरानो सम्बन्ध देखाउन थापाको सालिक निर्माण गरिएको बताइएको छ।

  • ११ आश्विन २०७८, सोमबार १३:२८ प्रकाशित