गठबन्धन रहे एमालेलाई चुनाव जित्न सहज : शंकर पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् ।

बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’

उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए ।

  • ४ श्रावण २०७९, बुधबार १६:२५ प्रकाशित