गठबन्धनले देशलाई बर्वादीतिर धकेलेको छ : केपी ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले मुलुकलाई बर्वादीतिर लगेको बताएका छन् ।

नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण तथा भेलाको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो देश बर्वादीतिर गएको बताएका हुन् ।

‘गठबन्धनलाई मुलुकको कुनै चिन्ता छैन, नातागोता पोस्न ब्यस्त छ, मुलुक वर्वादीको दिशातिर छ ।’

अहिले मुलुकमा अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई लिएर कुदेको, देशभित्रको राजनीतिक सम्बन्धहरुलाई तनावग्रस्त र कटुतापुर्ण बनाउँदै लगेको, अन्तराष्ट्यि सम्बनधलाई असन्तुलिन र अनुचित ढंगले खल्बल्याएको र देशको भविश्य नै के होला भन्ने गम्भीर अवस्था देखिएको छ । मन थाम्न गाह्रो हुने गरी बर्वादीतिर जाँदैछौं हामी,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले गठबन्धनले देशलाई झगडियाको मुलक बनाएको बताए ।

‘देशलाई नै झगडिया देश बनाइसक्यो अहिलेको गठबन्धनले । प्रधानमन्त्री छानिने मुद्धाबाट, प्रधानमन्त्री हटाइने मुद्धाबाट । सवै कुरा मुद्धाबाटै गर्न थालेको छ यो गठबन्धनले,’ अध्यक्ष ओलीले भने, यसदेशमा अरु बिषयको त पढाइ बन्द गरे हुन्छ कि क्या हो ? कानून बाहेक गठबन्धनले यसतर्फ देशलाई पुर्याइसक्यो ।’

  • ४ श्रावण २०७९, बुधबार १३:३९ प्रकाशित