नेताहरू राणा शासनमा जस्तै मन्त्री बन्ने रोलक्रममा छन् : विप्लव

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बनेको बताएका छन् ।

पार्टीको जनपत्रिका अनलाइन उद्घाटन गर्दै विप्लवले संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बन्ने गरेको आरोप लगाए । उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए ।

उनले भने, ‘तीन तीन महिनामा मन्त्री फेर्ने, देशको अर्थतन्त्र तहसनहस पार्ने, खाने कुम्ल्याउने, जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने जटिल परिस्थिति देखिन्छ । यतिको भद्दा मजाक इतिहासमा कमै पाइन्छ ।’

  • २ श्रावण २०७९, सोमबार १६:४५ प्रकाशित