एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

पोखरेलको राजीनामा महानिरीक्षक धीरजप्रताप सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि  लागू हुने छ ।

सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्चमा दायर गरेको रिट खारेज भए पछि पोखरेल प्रहरी सेवामा नफर्कने निर्णयमा पुगेका हुन् ।

  • २ श्रावण २०७९, सोमबार १५:४३ प्रकाशित