काठमाडौं। उपसभामुख पुष्पा भुसाल (गौतम)ले पदभार ग्रहण गरेकी छन्।आइतबार सिंहदरबारमा पदबहाली गदैँ उपसभामुख भुसालले छोटो समय भए पनि आफ्ना लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताइन् ।
‘‘उपसभामुख भएसँगै जिम्मेवारी बढेको महसुस गरेको छु’’, पदभार ग्रहण गदैँ उनले भनिन्, ‘‘संविधानले उपसभामुखको पदबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारबाही अगाडि बढाउने छु ।’’
उनले सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेल्ने उल्लेख गर्नुहुँदै छोटो समय महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।
‘‘सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मेरो जिम्मेवारी रहेको छ । मलाई जति समय छ त्यो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण छ’’, उनले भनिन् ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष उपसभामुख भुसालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शपथ लिए लगत्तै उहाँ पदभार ग्रहणका लागि सिंहदबार पुगेकी हुन् ।
भुसाल असार ३१ गते प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी थिइन् ।














