काठमाडौं ।
आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब लागु हुने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट भाषणमा निजामती कर्मचारीको १५ प्रतिशतले वृद्धि भएको थियो ।
सरकारले महँगी भत्तालाई पनि निरन्तरता दिइएको थियो । वृद्धि भएको तलब साउन १ गतेदेखि लागू भएको हो । निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन् ।
बढेको तलब अनुसार अब कर्मचारी पाउने तलबको सूची
मुख्यसचिव ७७२११ रुपैयाँ
सचिव ७२०८१ रुपैयाँ
सहसचिव ५६७८७रुपैयाँ
उपसचिव ४८७३७रुपैयाँ
शाखा अधिकृत ४३६८९रुपैयाँ
नायब सुब्बा ३४७३०रुपैयाँ
खरिददार ३२९०२रुपैयाँ
मुखिया २७६१२रुपैयाँ













