मोरङमा १६ कैदीबन्दीमा कोरोना संक्रमण, एक कैदीबन्दीको निधन

केन्द्रभाग मिडिया

विराटनगर ।

मोरङ कारागारमा रहेका एक कैदीबन्दीको कोरोना संक्रमणका कारण निधन भएको छ । बिहीबार राति उपचारका क्रममा नीरबहादुर नेपालको निधन भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

उनलाई १०५ डिग्री ज्वरो आएको बताइएको छ । कैदीबन्दीलाई अत्याधिक ज्वरो आएपछि कोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । सोही क्रममा उनको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

कारागारमा रहेका १८ मध्ये १६ को रिपोर्ट पोजेटिभ आएको स्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा, यज्ञ खरेलले बताए ।

कैदीबन्दीलाई कोरोना संक्रमण देखिए पछि मोरङका सिमा नाका र स्थानीय तहमा पनि कोरोना परिक्षण गर्न थालिएकाे छ ।

  • ३१ असार २०७९, शुक्रबार ११:५० प्रकाशित