मध्यरातमा पावर हाउस भासिँदा एकै घरका तीन जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

जुम्ला ।

जुम्लामा पावरहाउस भासिदाँ एकै घरका तीन जनाको ज्यान गएको छ ।

हिमा गाउँपालिका -१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरी चौकी बड्कीले जनाएको छ । राति करिब साढे २ वजे आयोजनाको पावर हाउस भाँसिएको हो

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी चौकी बड्किको अनुसार उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतेका थिए ।

  • ३१ असार २०७९, शुक्रबार ०८:०९ प्रकाशित