पोखरा ।
गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते ३५ अर्व ९० करोड ९० लाखको बजेट प्रदेश सभामा पेस गरेका थिए ।
सत्ता गठबन्धनमा कुरा नमिल्दा २० दिनसम्म संसद रोकिदा बजेटको छलफल प्रभावित भएको थियो ।
मुख्यमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नछुटाउन भने पनि अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलमा विवाद बढेको थियो । जसको कारण बजे छलफल रोकिएको थियो ।
उक्त कार्यक्रमलाई अर्के शिर्षकबाट समेट्ने प्रतिवद्धता पछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि बिहीबार बजेट पारित गरिएको हो ।