चितुवाको आक्रमणबाट एकै घरका पाँच घाइते

केन्द्रभाग मिडिया

काठमाडौंमा चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाईते भएका छन् । नागार्जुन नगरपालिका ८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका हुन् ।

गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।

  • ३० असार २०७९, बिहीबार ०८:१५ प्रकाशित