साथीको छातीमा छुरा प्रहार गरी हत्या

केन्द्रभाग मिडिया

सुनसरीमा एक जनाको हत्या भएको छ । राहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई सोमबार राति पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनीहरूबीच झैझगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

साथै घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • २८ असार २०७९, मंगलवार १३:१६ प्रकाशित