गण्डकीका मुख्यमन्त्री र मन्त्रीका लागि एक रुपैयाँ दान संकलन अभियान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुका लागि एक रुपैयाँ दान संकलन अभियान सुरु गरेको छ ।

गण्डकी प्रदेशले मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका पारिवारिक ट्रस्टका लागि छुट्याएको बजेटको विरोध गर्दै व्यंग्यस्वरुप अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले यो अभियान सुरु गरेको हो ।

व्यंग्य स्वरुप सुरु गरेको अभियानमा सहभागीले मुख्यमन्त्री, मन्त्री तथा नेताको तस्विर आफ्नो अनुहारमा टाँसेर सोमबार पोखरा रत्नचोकमा विरोध प्रर्दशन गरेका हुन् ।

राज्यको सम्पत्ति फिर्ता गर, बाबुआमाको नाममा लगाइएको रकम फिर्ता गर, गण्डकी प्रदेश गरिब हो , राज्यको धुकुटी फिर्ता गर जस्ता नारासहित मुख्यमन्त्री, मन्त्रीको राजिनामा माग गरेका छन् ।

गोवर्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रममा बजेट छुट्टाइएको थियो ।यद्यपि सर्वत्र आलोचना भएपछि गण्डकी प्रदेश सरकारले मन्त्रीका आफन्तको नाममा छुट्याइएको बजेट तथा अन्य अनावश्यक कार्यक्रमका लागि घोषणा गरिएको बजेट फिर्ता गर्न निर्देशन दिएको छ ।

 

  • २७ असार २०७९, सोमबार १३:२८ प्रकाशित