फुट नजिक जसपा, यादव र भट्टराई पक्षले बोलाए छुट्टाछुट्टै बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ जनता समाजवादी पार्टी फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवादले जसपा फुट्ने अवस्थामा पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

उपेन्द्र यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यसपछि संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले भने काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

काठमाडौंमा बस्ने बैठकमा भट्टराईले समसायमिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने जनाइएको छ ।भट्टराईले छलफल हुने विभिन्न एजेन्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको जनाइएको छ ।

अध्यक्ष यादवले भने वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् ।

  • २६ असार २०७९, आईतवार १४:१३ प्रकाशित