नेकपा एसको प्रमुख सचेतकमा सरला यादव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले प्रमुख सचेतकमा सांसद सरला यादवलाई नियुक्त गर्ने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको हो ।

  • २४ असार २०७९, शुक्रबार १६:४० प्रकाशित