तीन देशमा राजदूत नियुक्त : कुन देशमा को भए ?(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज(शुक्रबार) तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • २४ असार २०७९, शुक्रबार १५:२५ प्रकाशित