काठमाडौं ।
विवादका बिच हिजो बिहीबार सम्पन्न भएको बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६।८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।
नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।














