माओवादीमा प्रचण्डपछि नारायणकाजी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन् ।

आज जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गरे । आजको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोलेका थिए ।

उनले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टिमको घोषणा गर्न केही दिन समय माग गरे। तर वरिष्ठ उपाध्यक्षणमा नारायणकाजीको नाम भने उच्चारण गरेका थिए ।

प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यामा त नारायणकाजीको विकल्प को छ र ?
उनले सबैको अनुहार उज्यालो हुने गरी आफूले पदाधिकारी टिम घोषणा गर्ने उल्लेख गरे ।

  • २३ असार २०७९, बिहीबार १७:४५ प्रकाशित