प्रचण्डले तेस्रो लिस्ट पढे : पोलिटब्युरोको संख्या १५६ पुर्‍याइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

पोलिटब्युरोमा समेटिएको नामको विषयमा आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो पटक नाम पढेर सुनाएका छन् ।

यसअघि पोलिटब्युरोको लिस्ट दुई पटक बाचन गरेकामा कतिपय नेताहरु छुटेको भन्दै नेताहरुले विरोध गरेपछि प्रचण्डले तेस्रो लिस्ट पढेर सुनाएका हुन्। आकांक्षी धेरै भएपछि प्रचण्डले पोलिटब्युरोको सदस्य संख्या बढाएका छन्।

जसअनुसार पोलिटब्युरोमा १५६ जना रहने भएका छन् । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकोमा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो ।

  • २३ असार २०७९, बिहीबार १७:०५ प्रकाशित