काठमाडौँ ।
नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिए पछि एमालेले बैठक बहिष्कार गरेको हो ।
एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति बने पछि अर्थमन्त्रीले संसदमा बोल्न नमिल्ने भन्दै सभामुखको ध्यानकर्षण गराएका थिए ।
भट्टराईले अर्थमन्त्रीले राजीनामा दिनु पर्ने अडान समेत संसदमा दोहोर्याए ।
अर्थमन्त्रीलाई पदमा राखेर छानबिन गर्न नसकिने उनले बताए ।














