काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । संयोजक पछि छान्ने गरे ११ सदस्यीय छानबिन समिति गठन भएको हो । प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम संसदीय समिति गठन भएको हो ।
समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन् ।भने, जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीबाट १ १ जना रहने छन् ।














