अर्थमन्त्री संसदमा राजीनामा घोषणा गर्ने मुडमा !

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्नो धारणा राख्ने भएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि उनले राजीनामा दिन सक्ने अनुमाग पनि गरिएको छ ।

सत्ताधारी नेताहरुबाटै राजीनामाको दबाब बढेपछि शर्माले सम्भवतः आजै पदबाट राजीनामा दिनसक्ने अनुमान गरिएको छ ।

प्रतिनिधिसभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्नेछन्। सोही क्रममा उनले राजीनामा घोषण गर्न सक्ने उनि निकटस्रोतले बताएको छ ।

शर्माको राजीनमा विषयमा नेकपा माओवादीमा पनि छलफल भएको छ । यस्तै सत्ता गठबन्धन दलले पनि छलफल गरेका थिए ।

विग्रदो आर्थीक अवस्था र बजेट निर्माणका क्रममा निजी क्षेत्रका प्रतिनिधिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गराएको आरोप शर्मामाथि लागेको छ ।

  • २२ असार २०७९, बुधबार ११:२५ प्रकाशित