काठमाडौं ।
संघ र प्रदेशको चुनावको मिति सिफारिस गर्न निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्।
आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ । आज भेटका लागि प्रधानमन्त्रीको समय लिइसकिएको बताइएको छ ।
१२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा गर्न सकिने आयोगको सुझाव छ ।
आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको पनि बताइएको छ ।














