काठमाडौं ।
नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले पाँच दलीय गठबन्धन उडिरहेको जहाज जस्तो भएको बताएका छन्।
उनले गठबन्धनलाई जहाजसँग तुलना गर्दै उडिरहेको जहाजभित्र झगडा नर्गन आग्रह गरेका छन् । उनले सुरक्षित अवतरण नहुँदै जहाजभित्र आपसी झगडा सुरु हुनु चिन्ताजनक रहेको बताउँदै सेफ ल्यान्डिङ गर्न सुझाव दिए ।
भूतपूर्व कांग्रेस सभापति स्व। गिरिजाप्रसाद कोइरालाको शालिक अनावरणका अवसरमा बोल्दै गुरुङले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनका क्रममा पाँच दल एउटै जहाज चड्यौं । जहाज आकाशमै उडिरहेको छ । यसलाई कसरी सुरक्षित अवतरण गर्ने भनेर चिन्ता गरिरहेको बेलामा जहाजभित्रै बसेर ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ ।’
जहाजलाई जसरी पनि सुरक्षित अवतरण गर्नुपर्नेमा उनले जोड दिए ।














