आज काँग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो ।बैठक दिउँसो बस्ने भनिए पनि समय भने खुलाइएको छैन । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने बताएका छन् ।

स्थानीय निर्वाचनअघि देखि भ्रातृ संस्थाको विधान परिमार्जनका विषयमा छलफल भइरहेको थापाले जनाएका छन । बीचमा निर्वाचनका कारण राखिएको थियो । आज त्यसमा छलफल हुन लागेको हो ।

भ्रातृ संस्थाको विधान वाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने छन् ।

  • २१ असार २०७९, मंगलवार ०९:४५ प्रकाशित