एजेन्सी ।
भारतीय टेलिभिजनका पपुलर कमेडियन कपिल शर्माविरुद्ध उजुरी परेको छ । कपिलविरुद्ध न्यूयोर्क स्थित कोर्टमा उजुरी परेको हो । हाल कपिल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो ।
कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो । साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो । सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए । जुन सम्झौताअनुसार उनले कार्यान्वयन नगरेको बताइएको छ।
अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेको बताइएको छ । जसका लागि कपिलले भुक्तानी पनि लिएको तर कुनै प्रस्तुती नदिएको आरोप छ । जेटलीले अदालत जानुअघि कैयौंपटक कपिलसँग कुरा गर्ने प्रयास गरे पनि सम्भव नभएको बताएका छन् ।
उनले कपिलविरुद्ध कानूनी कारवाही गराएर छाड्ने अडान लिएका छन् ।